प्राय जसो सोधिने प्रश्नहरू

प्रश्न: सन्देश के हो?
उत्तर: प्रेम रावत, जसलाई श्रद्धापूर्वक महाराजजीको उपमाले पनि चिनिन्छ, उहाँले हरेक व्यक्तिको जीवनमा एउटा विशेष सम्म्भावना ल्याउनु भएको छ. तपाईंले जुन कुराको खोजी गरिरहनुभएको छ, त्यो तपाईं भित्रै छ. यदि तपाई त्यसलाई प्राप्त गर्न चाहनुहुन्छ भने म तपाईंलाई मद्दत गर्न सक्छ. उहाँको सन्देश केवल शब्दमा सीमित छैन, उहाँ ज्ञानद्धारा यसको अनुभव पनि गराउनु हुन्छ. ज्ञान आंतरिक शान्तिको अनुभव गर्ने व्यवहारिक प्रकृया हो. जो व्यक्तिहरू इच्छुक हुन्छन उहाँले उनीहरूलाई यो उफारका रुपमा प्रदान गर्नुहुन्छ.

प्रश्न: आशा तथा शान्तिको सन्देश दिने थुप्रै व्यक्तिहरू छन. महाराजजी र उहाँको सन्देश ती भन्दा केही फरक छ?
उत्तर: केही समय आगाडि महाराजजीले यो प्रश्नको उत्तर यसरी दिनुभयो : “यो केवल संदेशको प्रश्नमात्र होइन तर वास्तविक अनुभव हो. म यहाँ आएर यो भन्दिन कि सवैकुरा ठिक छ. हरेक स्वांसलाई स्वीकार्ने एउटा व्यवहारिक विधि प्रदान गर्छु. मेरो सन्देश केवल शब्दमा सिमित छैन. अनुभव हुनु जरूरी छ र म त्यही कसरी गर्ने भन्ने कुरा सिकाउंछु.”

प्रश्न: यदि यो उपहार हो भने के यसको कुनै शुल्क लाग्छ?
उत्तर: यसको कुनै पनि शुल्क लाग्दैन. महारजजीले आपनो कार्यक्रम वापत वा वहाँले ज्ञान प्रदान गरेवापत कसैबाट कुनै शुल्क लिनुहुन्न. सवै कार्यक्रम उहाँको सन्देशबाट प्रभावित व्यक्तिहरुको स्वेच्छिक योगदानबाट सत्र्चालन हुन्छन. कसैलाई जवरजस्ती छैन.

प्रश्न: के यो योगा, ध्यान जस्तै हो बा कुनै धर्मसंग सम्बन्धित छ?
उत्तर: महाराजीले जे प्रदान गर्नुहुन्छ यो कुनै धर्मसंग सम्बन्धित छैन. त्यसैले जुनसुकै धर्म मान्ने व्यक्तिले पनि यसलाई प्राप्त गर्न सक्छ. यो कुनै दर्शन, विशवास वा अध्यात्मसंग सम्बन्धित छैन. ज्ञान, दिमाग स्थिर गर्न वा कुनै कुराको विशलेषण गर्नको लागि होइन. यो कुनै शारीरिक स्वास्थ्यमा सुधार ल्याउनको लागि पनि होइन. यो त आपनो जीवनमा वास्तविक आनन्द र संतुष्टि प्राप्त गर्ने विधि हो.

प्रश्न: यो संदेशको प्रचार- प्रसार कसरी सत्र्चालित छ?
उत्तर: उहाँको संदेशको प्रचारक सम्पूर्ण कार्यक्रमहरू उहाँको सन्देशबाट प्रभावित व्यक्तिहरुको स्वेच्छिक योगदान र सम्बन्धित सामग्रीहरुको विक्रीबाट सत्र्चालित छन. उहाँले आपनो र परिवारको लागि खर्च आपने आपने लगानीबाट जुटाउनुहुन्छ.

प्रश्न: यदि म ज्ञान प्राप्त गर्न चाहन्छु भने अब मैले के गर्नु पर्छ?
उत्तर: यदि तपाईं ज्ञानको बारेमा विस्तृत जान्न चाहनुहुन्छ र ज्ञान मार्गमा अगाडी बढन चाहनु हुन्छ भने तपाईंले एउटा पुस्तिका पढन सक्नु हुन्छ वा डिक्सभरिड मोर (विस्तृत जानकारी) नामक भिडियो हेर्न सक्नुहुन्छ. यी छापको साथै डि.भि.डी मा पनि उपलब्ध छन. ज्ञानको क्रियाहरू सिक्नुपूर्व एउटा ३ देखि ५ महिनाको तयारी अवधि हुन्छ. उक्त तयारी अवधिमा ज्ञान कुंजी देखाइन्छ. त्यहाँ जम्मा ६ वटा कुत्र्जीहरू छन. पहिला पांचवटा कुत्र्जीहरुमा महाराजजीले संवोधन गर्नुभएका सत्सगड कार्यक्रम छन जसमा करीव १० देखि १२ घण्टा सम्मका अतिरिक्त भिडियो कार्यक्रमहरू पनि छन. पहिला पांचवटा कुत्र्जीहरू हेरिसके पछि तपाईंले ज्ञानको लागि अनुरोध गर्न सक्नुहुन्छ. ज्ञान छैटों कुत्र्जी अंतर्गत पर्दछ, जुन एउटा विशेष कार्यक्रममा प्रदान गरिन्छ. यस्ता विशेष कार्यक्रमहरू विश्व्भरी विभिन्न देशमा पूर्व निर्धारित समयमा हरेक वर्ष सत्र्चालन हुन्छन.