“तपाईन्को जीवनमा तपाईले सोचे भन्दा धेरै कुराहरु छन्.
तपाई जुन चीजलाई खोजी रहनुभएको छ त्यो तपाई भित्रै छ र.
यदि तपाईं त्यसलाई प्राप्त गर्न चाहनुहुन्छ भने, म तपाईंलाई मद्दत गर्न सक्छु.”
-प्रेम रावत   


युवा पिन्ढ़ीको प्रयास छोटकरीमा वाई. पी. आई (YPI- Young People’s Initiative) विश्वभरका विभिन्न संस्कृति, रीतिरिवाज़, र पेशा भएका तर एउटै विचार भएका युवाहरुको एउटा संयुक्त प्रयास हो. हामीलाई यो विशवास छ की हरेक वयाक्तिबाट शुरू भएको यो प्रयासले यो विश्व्लाई एउटा राम्रो विश्व बनाउने छ. YPI 'शान्तिको सन्देश' लाई पचास भन्दा वढ़ी देशमा प्रचार गर्न क्रियाशील छ. जसको मार्ग दर्शन श्री प्रेम रावतको संदेशले गरिराखेको छ.

प्रेम रावत जसलाई श्रद्धापूर्वक 'महाराजी' का नामवाट पनि सम्बोधन गरिन्छ, विगत ४० वर्ष भन्दा लामो समय देखि आंतरिक शान्तिको चर्चा गर्दै विश्व्भरी भ्रमण गरिरहनु हुन्छ.

उहाँको सन्देश विश्व्भरी नै ९० भन्दा वढी देशका ७० भन्दा वढी भाषाहरुमा उपलब्ध छन. विश्वभरी करोडो मानिसहरू वहाँलाई प्रत्यश सुन्ने इच्छा गर्दछन.

"Words of Peace" 'शान्तिको सन्देश' श्री प्रेम रावतको सन्देश बोकेको टेलिभिजन कार्यकर्म हो, जसले विभिन्न पुरस्कारहरू प्राप्त गरेको छ. 'शान्तिको सन्देश' मार्फत महाराजीले प्रकाश पार्नुहुन्छ :- बाहिरको अवस्थामा जे जस्तो भए तापनि हरेक मानिसले आफू भित्रै शान्ति प्राप्त गर्न सक्द्छन्. "Words of Peace" शान्ति सन्देश एउटा स्याटलाइट, टेलिभिजन कार्यकर्म हो जुन उत्तर अमेरिका, दक्षिण अमेरिका, यूरोप, अष्ट्रेलिया र एसियाका ५० देशमा हरेक हफ्ता ४८ भाषामा उपलब्ध छ. उक्त् कार्यक्रम लगभग २ करोड़ ५० लाख व्यक्तिले केवल अमेरिकामा मात्रै हेर्छन.
Words of Peace Global Foundation- वर्डस अफ पीस ग्लोबल फाउण्डेसन (WOPG) ले श्री प्रेम रावतको संदेशको बारेमो विभिन्न कहानी, प्रतिक्रिया, सन्देश र अन्य जानकारी मूलक कुराहरु प्रस्तुत गर्दछ.

प्रेम रावतजीलाई विभिन्न विश्वविधालय, संघसंस्था तथा संसदहरुमा नियमि़त रुपमा कार्यक्रम गर्नको लागि आमन्त्रण गरिन्छ. महाराजजीले गत ४० वर्ष भन्दा वढी समयमा विभिन्न उपाधिहरू प्राप्त गर्नुभएको छ. उहाँ द्वारा स्थापित संस्था 'द प्रेम रावत फाउण्डेसन' मार्फत उहाँले अनेको देशमा सामाजिक कार्यहरू समेत गर्नुभएको छ.

यो साइटको उद्देश्य तपाईलाई प्रेम रावत र उहाँको संदेशको संक्षिप्त जानकारी दिनु हो.