प्रेम रावत- महाराजजी
प्रेम रावत जसलाई श्रद्धापूर्वक महाराजजी का नामले पनि सम्बोधन गरिन्छ, विगत चार दशक देखि मानिसहरुलाई आंतिरिक शान्ति प्राप्त गर्न प्रेरणा दिंदै विश्व भ्रमण गरिरहनु भएको छ.
उहाँको सन्देश सरल तर महत्वपूर्ण छ. यो कुनै दर्शन, धर्म, वा अध्यात्मसंग सम्बन्धित छैन. 'संयुक्त रास्ट्रसंघ सम्मेलन केंद्र' बैडक्कमा उहाँले भन्नुभयो: "शान्ति हरेक मानिसको जीवनमा हुनु जरूरी छ. जुन शान्तिलाई हामीले खोजी राखेको छों, त्यो हामी भित्रै छ. यो होम्रो हृदयभित्र अवस्थित छ र यसको अनुभव गर्न जरूरी छ. विश्वलाई शान्ति चाहिएको छैन. यदि शान्ति आवश्यक छ भने मानिसलाई आवश्यक छ. जव विश्वभरका मानिसहरू शांत हुन्छन तव मात्र विवशमा शान्ति हुन्छ."
उहाँको जन्म सन् १९५७, डिसेम्वरमा भारतमा भएको हो. उहाँले तीन वर्षको उमेरदेखि नै मानिसहरुलाई संबोधन गर्न थाल्नुभएको हो. आठ वर्षको उमेरमा उहाँले यसको जिम्मेवारी लिनुभयो र यो शान्तिको संदेशलाई भारत भरी प्रचार गर्न थाल्नुभ्यो. १३ वर्षको उमेरमा उहंलाई लण्डन र लस एन्जेलसमा संबोधन गर्न निमंत्रणा गरियो. त्यस उप्रांत उहाँ विश्वभरि नै पुग्नुभएको छ जहाँ-जहाँ उहाँलाई मानिसहरू सुन्न चाहन्छ्न.
विना कुनै विज्ञापन नि:शुल्क रुपमा हुने कार्यक्रममा उहाँले विश्वभर लाखों / करोडो व्यक्तिहरुको जीवनमा वास्तविक प्रभाव पार्नुभएको छ. विश्वभरका करोडो मानिसहरू उहाँलाई प्रत्यक्ष सुन्ने इच्छा गर्दछन.
५० देशका ९ करोड़ भन्दा बढी व्यक्तिहरुले उहाँको सन्देश आफै सुन्द्छ्न. उहाँको सन्देश ७० भन्दा वढी भाषाहरुमा अनुवाद गरिएको छ र ९० बढी देशमा उपलब्ध छ.
प्रेम रावतजीले तीन दशकमा विभिन्न बहुप्रतिष्ठित पुरस्कार तथा उपाधि पाउनुभएको छ. उहाँको यस महान कार्यक्रमको सम्मानमा उहाँलाई सार्वजनिक घोषणा, विभिन्न शहरहरुको साँचो र प्रशंसा पत्र प्रदान गरिएको छन. साथै सरकारी अधिकारीहरुबाट उहाँलाई कार्यक्रमको लागि नियमित रुपमा निमंत्रणा गरिन्छ.
उहाँद्धारा स्थापित संस्था 'द प्रेमरावत फाउन्डेसन्' ले ठाउं- ठाउंमा विपन्न वर्गका लागि पोष्टिक आहार, स्वच्छ पिउने पानी तथा नि:शुल्क स्वास्थ्य ल्किनिकहरू सत्र्चालन गर्दै आएको छ.
प्रेम रावत र उहाँको सस्थालाई संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमको जल विकास सेवालाई योगदान गरेकोमा संयुक्त राज्य अमेरिकाको न्युर्योकमा सम्मान स्वरूप एउटा कार्यक्रम आयोजना भयो जसमा संयुक्त राष्ट्रसंघका विशेष प्रतिनीधि तथा स्थानीय सरकारी नेताहरू, समाजसेवी र ठूला व्यापारीहरुले भाग लिएका थिए.
'द प्रेमरावत फाउन्डेसन्' (TPRF) का सम्पूर्ण मानवीय कार्यक्रमहरू नितांत रुपमा स्वैच्छिक योगदान तथा सम्वन्धित सामग्रीहरुको विक्रीबाट सत्र्चालित छन. एउटा व्यक्तिगत लगानीकर्ता भएकोले उहाँ आफू र आपनो परिवारको खर्च आफै जुटाउनु हुन्छ. आजसम्म उहाँले आपनो कार्यक्रममा कसैसँग शुल्क लिनुभएको छैन.
* सार्वजनिक सम्मानहरू »
|
||
* शहरका साँचोहरू »
|
||
* प्रशंसा पत्रहरू / सम्मान »
|
||
* सरकारी अधिकारीहरू प्रदान गरिएका विशिष्ट सम्मानहरू »
|
||
* सर्वोकृष्ट टेलिभिजन कार्यक्रम »
|