सन्देश- प्रेम रावत महाराज जी


हरेक जीवित मानिस भित्र केही चमत्कार भइरहेको हुन्छ. हरेक मानिस भित्र त्यो सुन्दरता छ. हरेक मानिस भित्र शान्ति, आनंद र हृदयको अनुभव छ.

म मानिसहरूलाई समझउंछु कि जीवन आफैमा एउटा उपहार हो. म मानिसहरूलाई प्रोत्साहित गर्छु:- समझदारीको ढोका खोल्नुहोस र आनंद प्राप्त गर्नुहोस. म हरेक मानिसमा पूर्णता देख्छु. हरेक मानिस भित्र एउटा चम्किलो सूर्य छ जसले अँध्यारोलाई सजिलै भगाउन सक्छ.

म के भन्दैछु भने हरेक मानिस भित्र एउटा स्थान छ जहाँ शान्ति प्राप्त गर्न सकिन्छ. मलाई लाग्द्छ यो सन्देश यस संसारमा अति आवश्यक छ. यो किन महत्वपूर्ण छ भने एउटै सन्देश सवैलाई समान किसिमले उपलब्ध छ.

''मेरा खाली शब्द मात्रै हैन्न, म त्यो आनंद जुन पहिले देखि नै तपाईं भित्र छ त्यसको अनुभव गर्ने व्यवहारिक तरिका पनि प्रदान गर्छु. मेरो सन्देश न त नयाँ हो न त पुरानो नै. यो समय सापेक्ष छ. शान्ति त्यो आनंद जुन हामी खोजिरहेका छों, त्यो हामी भित्रै छ. त्यो थियो, छ र सधैं भइरहने छ. अहिले यो समय छ भित्र तर्फ हेर्ने. म प्रदान गर्छु. म एउटा उपहार एक व्यक्तिबाट अर्कोलाई प्रदान गर्छु. म यो संभावना सवै व्यक्तिहरूमा पून्याउन चाहन्छु. यदि उनीहरू यसलाई स्वीकार्न चाहन्छ्न भने म पनि जतिसक्दो सहयोग गर्न चाहन्छु.''