ज्ञान

Prem Rawat - Maharaji

“जसले शान्तिलाई आपनो जीवनमा संभव वनाउन चाहन्छ्न, म उनीहरुलाई प्रेरणा र मार्गदर्शन गर्छु. म मानिसहरुलाई केवल शव्द्को व्याख्या मात्र गर्दिन, उनीहरुलाई अंतर्मुख हुने र आफूभित्र अवस्थित शान्तिको अनुभव गर्ने तरीका पनि बताउंछु. म यसैलाई 'ज्ञान' भन्दछु.”

“ज्ञानको यही यात्रा नै आत्मनुभूतिको यात्रा हो. बाहिरी वाधा एवं व्यवधनको बावजूद जीवनको आनंद लिन ज्ञानले संभव गराउंद्छ. यो आफूभित्र निहित आपनो अनुभव संग सम्वन्ध गांस्ने एउटा प्रकृया हो. ज्ञान भित्र चारवटा क्रियाहरू छन जसले मानिसहरुलाई आपनो बाहिर भागिराखेको ध्यानलाई भित्र तर्फ लैजान मद्दत गर्दछन.

यो कुनै कल्पनाको कुरा होइन न कुनै देखावटी कुरा हो. जुन चीज़ पहिले देखि नै छ त्यसको अनुभव गर्ने व्यवहारिक प्रकृया हो. जसले यो यात्रा गर्न चाहन्छ्न, म उनीहरुलाई ज्ञानका क्रियाहरू सिक्न मद्दत गर्छु साथै उनीहरुलाई जीवनभर आनंद लिनको लागि निरंतर प्रेरणा र मार्गदर्शन गरिरह्न्छु.''

ज्ञानका क्रियाहरू नि:शुल्क रुपमा सिकाइन्छ. यसमा कुनै जातीय, आर्थिक, सामाजिक लैकी, धार्मिक आदि भेदभाव छैन.

ज्ञानसंग सम्बन्धित केही प्रश्नहरू »

प्रश्न: के यसको कुनै धर्म, अध्यात्म बा दर्शनसंग कुनै सम्बन्ध छ?
उत्तर: महाराजीले जे प्रदान गर्नुहुन्छ यो कुनै धर्मसंग सम्बन्धित छैन र सवै धर्मका व्यक्तिहरुले प्राप्त गर्न सक्छन. ज्ञान आंतरिक शान्तिको अनुभव गर्ने व्यवहारिक प्रकृया हो. यो कुनै दर्शन, विश्वास वा अध्यात्मसंग सम्बन्धित कुरा होइन.



प्रश्न: के ज्ञान मेरा समस्याहरुको समाधान हो?
उत्तर: ज्ञानले समस्याहरू हटाउंदैन न त तिनको समाधान गर्छ. यसले मानिसलाई आंतर्मुख हुन सहयोग गर्छ र त्यहाँ स्थित शान्तिको अनुभव गराउंछ. ज्ञानले कुनै शारीरिक वा मानसिक समस्याको समाधान पनि गर्दैन.


प्रश्न: के ज्ञान अभ्यास गर्न गाहों छ?
उत्तर: ज्ञानका क्रियाहरू एकदमै सरल छन र जो कोहिले पनि सजिलै गर्न सक्छ. ज्ञानको मिठो फल प्राप्त गर्न आत्मविश्वास र लगनशीलता चाहिन्छ.


प्रश्न: म ज्ञान प्राप्त गर्न चाहन्छु, त्यसको लागि मैले केही दिनुपर्छ. के मैले आपनो जीवनशैलीमा कुनै परिवर्तन गर्नुपर्छ? बा कुनै संस्थामा प्रवेश गर्नुपर्छ?
उत्तर: यसको लागि तपाईले अभ्फै सन्देशहरू सुन्नुहोस, र अभ्फै बुभनुहोस अनि निर्णय गर्नुहोस के तपाईं संच्चि नै यसलाई प्राप्त गर्न चाहनुहुन्छ? ज्ञानको व्यक्तिको जीवनशैलीसंग कुनै सम्बन्ध छैन. ज्ञान प्राप्त गर्नु नितांत व्यक्तिगत यात्रा हो. यहाँ कुनै समूह वा संस्थामा प्रवेश गर्नु पर्दैन.